रानीपोखरीको टेन्डरमा मिलेमतोको आशंका


काठमाडौँ । भूकम्पबाट भत्किएको रानीपोखरीको पुर्ननिर्माणका लागि नयाँ टेन्डर आह्वान गरिने भएको छ ।

यसअघिको टेन्डरमा ठेकेदारले लागत अनुमानभन्दा झन्डै १२ प्रतिशतभन्दा बढी रकमको ठेक्का हालेको र मिलेमतो भएको आशंकामा नयाँ टेन्डर आह्वान गर्न लागिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले रानीपोखरी पुनर्निर्माणका लागि १२ करोड ६६ लागत अनुमान गरेको छ । केही दिनमै नयाँ टेन्डर खोलिने काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा १५ नम्बर वडाका वडाध्यक्ष ईश्वरमान डंगोलले बताए । पछिल्लोपटक रानीपोखरी पुनर्निर्माणका लागि ई–टेन्डर आह्वान हुँदा तीनवटा टेन्डर परेको र तीमध्ये रविना कन्स्ट्रक्सनकोे टेन्डर मात्र प्राविधिक मूल्यांकनमा पास भएको थियो । सुनकोसी कन्स्ट्रक्सनले व्यावसायिक कर नै नतिरेकाले फेल भएको र तेस्रोले ठेक्का आवेदन नै हटाएको डंगोलले बताए ।
नयाँ पत्रिका दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?