ए डिभिजन लिगमा १२ औँ चरणका खेल शुरु


काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत १२ औँ चरणका खेलहरु सोमबारबाट शुरु भएको छ । १२ औँ चरणको एउटा खेलमात्र बिहान ११ बजे हुनेछ भने बाँकी ६ खेल दिउँसो साढे २ बजे सुरु हुनेछ ।

आज १२ औँ चरणको पहिलो खेलमा एनआरटी र मछिन्द्र क्लब एन्फा कम्प्लेक्समा प्रतिस्पर्धा भइरहेको छ । सोही मैदानमा दिउँसो साढे २ बजे फ्रेण्ड्स क्लब र ब्रिगेड ब्वाइज भिड्नेछन् भने दिउँसो साढे २ बजे नै हलचोकस्थित एपीएफको मैदानमा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ । यसै गरी मंगलबार र बुधबार दुईरदुई खेल हुनेछन् ।

मंगलबार सरस्वती र च्यासल युथ क्लब एन्फा कम्प्लेक्स मैदानमा साढे २ बजे खेल्नेछन् । त्यही समयमा हलचोकमा घरेलु टोली एपीएफले नेपाल पुलिससँग खेल्नेछ । यो सिजनको तेस्रो तथा अन्तिम डिपार्टमेन्टल डर्बी हुनेछ ।

यस्तै बुधबार सरस्वती र थ्री स्टारबीच एन्फा कम्प्लेक्समा तथा च्याम्पियन भइसकेको मनाङ मर्स्याङ्दीले हिमालयन शेर्पासँग हल्चोकमा खेल्नेछ ।
लिगमा लगातार ११ खेल जित्दै ३३ अंक जोडेको मनाङ दुई खेल अगावै च्याम्पियन भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?