प्रधानन्यायाधीशमा जबराको नाम सर्वसम्मत स्वीकृत


काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित न्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वसम्मत रुपमा स्वीकृत गरेको छ ।

समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले जबराको नाम सर्वसम्मत स्वीकृत गरेको हो । आजको बैठकमा केही सांसदको प्रश्न र जबराको जवाफपछि सुनुवाइ सकिएको छ ।

बैठकमा समिति सदस्य योगेश भट्टराईले प्रस्तावित प्रधानन्यायाधीश जबरालाई संसदीय समितिबाट अस्वीकृत भएको न्यायाधीशलाई तपाईँ के गर्नुहुन्छ ? प्रश्न सोधेका थिए ।

जवाफमा जबराले संसदीय सुनुवाई समितिको निर्णयलाई सम्मान गर्ने बताएका थिए । निरंजनप्रसाद शर्माले दायर गरेको रिटमा कानुन व्यवसायीका हैसियतले मात्र आफूले बहस गरेको बताउँदै भने, ‘यो केसमा बारम्बार मलाई मुछिँदै आएको छ । मिडियामा आएजस्तो म रिट निवेदक होइन, कानुन व्यवसायिका रुपमा मात्र मैले बहस गरेको हुँ ।’

प्रेरणा राज्यलक्ष्मी शाहको दाइजो प्रकरणमा पनि उनले आफूले गरेको न्याय सम्पादनको प्रतिरक्षा गरेका थिए । बैठकमा उनले भने, ‘प्रेरणा राज्यलक्ष्मी शाहलाई नयाँ कानुन ल्याइनुअघि नै दाइजोमा दिइएकाले यस्तो फैसला गरेको हुँ ।’ पूर्व संचार मन्त्री जयप्रकाश गुप्ताको मुद्दाको विषयमा पनि उनले अदालतको व्याख्याका कारण फरक फैसला बुझिएको तर्क गरेका थिए ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आजदेखि नै अनिवार्य अवकास लिदैँछन् । राणाको नाम समितिबाट स्वीकृत भएलगत्तै उनले सम्भवत आजै राष्ट्रपतिबाट सपथ लिने र पदभार ग्रहण गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?