बिग बास लिगमा सन्दीपले लिए विकेट


काठमाडौं । बिग बास लिगको चौथो खेलमा पनि सन्दीप लामिछाने विकेट लिएका छन् । मेलबर्न स्टार्सबाट खेलिरहेका सन्दीपले मंगलबार डर्बी क्लब मेलबर्न रेनेगेड्सविरुद्ध दोस्रो ओभरमै विकेट लिन सफल भएका हुन् ।

बिग बासको चौथो खेल खेलिरहेका सन्दीपले मेलबर्न रेनेगेड्सका कप्तान टोम कोपरलाई बोल्ड आउट गरे । आफ्नो दोस्रो ओभरको अन्तिम बलमा सन्दीपले सन्दीपले आफ्नो दोस्रो ओभरको अन्तिम बलमा मेलबर्न रेनेगेड्सका कप्तान कोपरलाई बोल्ड आउट गरेका हुन् । पहिलो ओभरमा ११ रन खर्चिएका सन्दीपले दोस्रो ओभरमा ४ रन खर्चिँदै एक विकेट लिए ।

बिग बास लिगमा योसँगै सन्दीपले ४ खेलमा ८ विकेट लिन सफल भए । सन्दीपले यसअघि सिड्नी थन्डर, सिड्नी सिक्सर्स र होबर्ट हुुरिक्यान्सका कप्तानको विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?