२०७६ फागुन मसान्तभित्र महाधिवेशन गर्न सके पार्टी सुदृढीकरण : कोइराला


विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेस नेतृत्व तहले २०७६ फागुन मसान्तभित्रमा महाधिवेशन गर्न सकेमा पार्टी सुदृढीकरण र बलियो हुने विश्वास व्यक्त गरेका छन् ।

नेपाल प्रेस युनियन मोरङद्वारा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले कांग्रेस धार्मिक स्वतन्त्रता र सहिष्णुतामा विश्वास गर्ने पार्टी भएको बताए ।

उनले भने, ‘ नेपालको राष्ट्रिय जनावर गाईको संरक्षण हुनुपर्छ । लोभमा धर्म परिवर्तन गराउने खेल बन्द गर्नुपर्छ ।’
कोइरालाले धर्म र राजनीतिक अलग अलग विषय भएपनि पार्टीको महासमिति बैठकमा हिन्दू राष्ट्रको चर्चा भएको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?