प्रधानन्यायाधीश जबराले सम्हाले कार्यभार


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधबार सपथ लिएका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीले जबरालाई शीतल निवासमा पद तथा गोपनियताको सपथ दिलाएकी हुन् ।

जबरा संसदीय सुनुवाई विशेष समितिबाट मंगलबार सर्वसम्मत सिफारिस भएका थिए । सपथ लगत्तै उनले सर्वोच्च अदालत पुगेर कार्यभार सम्हालेका छन् ।

उनी सेतो फूलको माला लगाएर हँसिलो मुद्रामा सर्वोच्च पुगेका थिए । सर्वोच्च अदालत परिसरमा न्यायाधीश र कर्मचारीहरु लामबद्ध भएर जबरालाई स्वागत गरेका थिए ।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि राणासँगै दीपकराज जोशीको नाम पनि सिफारिस गरेको थियो । तर, यसअघि नै संसदीय समितिबाट अस्वीकृत भएका जोशीको नाममा यसपटक सुनुवाइ समितिमा छलफलसमेत भएन ।

जोशीलाई संसदीय समितिले अस्वीकार गरेपछि ओमप्रकाश मिश्र प्रधानन्यायाधीश बनेका थिए । उनको मंगलबार कार्यकाल सकिएको छ । जबराले पेशी आजैदेखि तोक्ने छन् ।

राणा न्यायाधीश भएको १८ वर्षपछि सर्वोच्चको न्यायाधीश बनेका हुन् ।  ३० चैत ०५२ मा पुनरावेदन अदालत विराटनगरमा अस्थायी न्यायाधीश सिफारिस भएका राणाले ०७१ मा सर्वोच्चमा प्रवेश पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?