प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको चालू तेस्रो अधिवेशनलाई बिहीबार पहिलो पटक सम्बोधन गर्दैछन् ।

यही पुस ११ गतेबाट शुरु भएको संघीय संसदको चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले समसामयिक विषयमा दिउँसो एक बजे सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

सरकारको काम प्रभावकारी बनाउन संसदमा आवाज उठिरहेका बेला प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।

संसदमा प्रधानमन्त्री ओलीले नेपाल बायुसेवा निगमको वाइडबडी बिमान खरिदमा भएको भनिएको अनियमिता लगायतका विषयमा सरकारको धारणा सार्वजनिक गर्ने बताइएको छ । सम्बोधनमा प्रधानमन्त्रीले समसामयिक राजनीति र सरकारका पछिल्ला कार्यप्रगतिबारे पनि जानकारी गराउने छन् ।

बुधबार मात्रै संसदको सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिले वाइडबडी खरिदका क्रममा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?