वाइडबडी खरिद प्रकरणबारे यस्तो भने डा. भट्टराईले


काठमाडौं । पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले वाइडबडी खरिदमा अनियमितताको आरोप लागेकालाई राजीनामा गर्न सुझाव दिएका छन् ।

बिहीबार बिहान ट्विट गर्दैै भट्टराईले अनियमिततामा संलग्न भएकाहरुलाई नैतिकताका आधारमा राजीनामा गर्न भनेका हुन् ।

नयाँ शक्ति पार्टी नेपालका संयोजक समेत रहेका भट्टराईले नैतिकता नदेखाउनेलाई गलहत्याउनुपर्ने उनको भनाई छ । वाइडबडी प्रकरणलाई अब जतिसुकै कुतर्कले ढाकछोप गर्न खोजेपनि नछोपिने पनि भट्टराईले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?