विप्लव नेतृत्वको मजदुर संगठनका तीन नेता पक्राउ


काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तीन नेतालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले व्यवसायीलाई धम्क्याएर चन्दा मागेको आरोपमा तीन नेतालाई थापाथलीबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको हाइड्रो तथा खानी मजदुर संगठनका केन्द्रीय अध्यक्ष लोकेन्द्रराज थापा, महासचिव केशवबहादुर बुढा र उपाध्यक्ष विकास थापा रहेका छन् । उनीहरुको थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?