गोप्य खाका बनाउँदै नेकपाको एकीकरण कार्यदल


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण कार्यदलले बाँकी कामको गृहकार्य गोप्य रुपमा अघि बढाएको छ । संगठनात्मक एकता तथा एकीकरणका सम्बन्धमा गठित नौ सदस्यीय कार्यदलले गृहकार्य सुरु गरेको हो ।

ललितपुरको एक होटलमा शुक्रबार बिहानदेखि साँझसम्म लगातार सदस्यहरु छलफलमा जुटे ।

केन्द्रीय सदस्यहरुको कार्यविभाजन, जिल्ला नेतृत्व बाँडफाँड, जनसंगठनहरुको एकीकरणदेखि पोलिटव्युरो गठनसम्मको प्रष्ट खाका तयार पार्ने म्याण्डेट कार्यदललाई दिइएको छ ।

१६ पुसमा कार्यदल सदस्यहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले १० दिनभित्र प्रष्ट खाका तयार पारिसक्न निर्देशन दिएका थिए ।

नयाँपत्रिका दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?