‘हामी भुजेल’ प्रदर्शनमा


लमजुङ । सदरमुकाम बेसिशहरमा रहेकाे अन्नपुर्ण चलचित्र हलमा भुजेल भाषाको पहिलो चलचित्र नि–प्हुगाल अर्थात हामी भुजेल प्रदर्शनमा आएको छ ।

भुजेल समुदायको भाषा संस्कार संस्कृति जोगाउनलाई भुजेल भाषामा चलचित्र निर्माण गरी प्रदर्शन गरिएको निर्माण युनिटको भनाई छ । भुजेल समुदायको लोपहुँदै गएको भेषभुषा, बासको चोयाबाट दोको नाङ्लो बुन्ने चलन हराउँदै जानु, गरिब, युवापुस्ताले त्यती ख्याल नगर्दा भाषाको संरक्षण गर्न चुनौती लगायतका बिषयबस्तुलाई चलचित्रमा उतार्न खोजिएको पाईन्छ ।

भुजेल समुदायको पेसा बासको चोयाबाट दोको नाङ्लो बुनेर जिविका चलाउँने पुख्यौली पेसाबाट अहिले पनि जिविका चलाउन सक्ने सन्देश दिएको यस चलचित्रकी नायिका पुजा भुजेलले बताईन् ।

गत ७ फागुनको प्रजातन्त्र दिवसको अवसर पारेर आदीमुल तनहुँ, कास्कीकोट पोखरा लगायतका ठाउँमा छायाँकन गरिएको थियो । करिब ४६ दिनमा छायाँकन सकिएपछि नेपालकै पहिलो भुजेल भाषा ईतिहासकै पहिलो पटक २९ गते माघमा पोखरामा प्रदर्शन भएको यस चलचित्रका कथाकार कमल भुजेलले बताए । उनका अनुसार लमजुङमा पहिलो र नेपालकै चौथौपटक यस जिल्लामा प्रदर्शन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?