बंगलादेश बैैंकका उपभोक्तालाई स्वास्थ्य सुविधामा विशेष छुट


काठमाडौं । नेपाल बंगलादेश बैैकका डेविट कार्ड तथा क्रेडिट कार्ड उपभोक्ताले नेपाल नेशनल हस्पिटलद्वारा प्रदान गरिने विभिन्न स्वास्थ्य सुविधामा विशेष छुट प्राप्त गर्ने सम्झौंता भएको छ ।

ग्राहक वर्गको सहजतालाई लक्षित गर्दै गरिएको उक्त सम्झौता पत्रमा नेपाल नेशनल हस्पिटलका बजार व्यवस्थापन प्रबन्धक श्रुती राणा र नेपाल बंगलादेश बैंकका प्रमुख व्यापार अधिकृत सलोनिका सिंहबीच हस्तारक्षर भएको छ ।

दुई संस्थाबीचको सम्झौता अनुसार नेपाल बंगलादेश बैंकका ग्राहकले नेपाल नेशनल हस्पिटलद्वारा दिईने उपचार तथा अन्य स्वास्थ्य सेवामा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?