वाइडबडी खरिद प्रकरण : महाप्रबन्धक र पर्यटनसचिवलाई निलम्बन गर्न निर्देशन


काठमाडौं । सार्वजनिक लेखा समितिले वाइडबडी प्रकरण छानबिन गर्न अख्तियारलाई निर्देशन दिएको छ ।
सोमबार बसेका समितिकोे बैठकले यस्तो निर्णय गरेको हो । एक महिनाभित्र यसको प्रगति प्रतिवेदन समितिमा पेश गर्न पनि निर्देशन दिएको छ ।

यस्तै समितिले बाइडबडी खरिद प्रकरणमा मुख्य दोषीका रुपमा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकार, पर्यटन मन्त्रालयका सचिव कृष्ण देवकोटा तत्कालिन सचिव शंकरप्रसाद अधिकारीलाई कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरकारलाई निर्देशन दिएको छ ।

निर्देशनमा भनिएको छ, ‘बाइडबडी खरिद सम्बन्धमा मन्त्रालय र निगमबाट प्राप्त विवरण तथा छलफलका आधारमा तत्कलीन मन्त्रीहरु जीवन शाही, जितेन्द्रनारायण देव र बहालवाला मन्त्री रवीन्द्र अधिकारीको संलग्नता सम्बन्धमा उपसमितिले निजहरुलाई नैतिक जिम्मेवारी लिन र कानुनसम्बत करवाही सिफारिस गरेको विवरण समितिमा पेश भएकोमा महालेखा परीक्षकको प्रतिवेदनको सम्परीक्षण र बेरुजु फस्र्योट गर्ने जिम्मा लेखा उत्तरदायी अधिकृतका रुपमा मन्त्रालयको सचिवको प्रमुख दायित्व हुने र सचिव नै निगमको अध्यक्ष रहेको अवस्थामा सार्वजनिक खरिद ऐन २०६३ को विपरित हुनेगरी अनियमित तरिकाले विमान खरिद कारवाही अघि बढ्दा पनि विभागीय रुपमा बहाल रहेको अवस्थामा यथेस्ट सर्तकता नपनाएको देखिदा निजहरु नैतिक जिम्मेवारी लिन र मन्त्रीहरुको कार्यक्षेत्र तथा कार्यशर्तहरुका सम्बन्धमा पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिने’ उल्लेख छ ।

यस्तो छ निर्देशन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?