वन मन्त्रालयका सह–सचिव विरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक एवं हाल वन तथा वातावरण मन्त्रालयको सह–सचिव चन्द्रमान श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनले पदको दुरुपयोग गर्दै गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

उनको सम्पत्तिमध्ये १ करोड ३४ लाख रुपैयाँको स्रोत खुल्न नसकेपछि उनीमाथि मुद्दा दायर गरिएको अख्तियारका सहप्रवक्ता उपसचिव मदन कोइरालाले जानकारी दिए ।

सार्वजनिक पद धारण गरेको मितिदेखि अहिलेसम्म श्रेष्ठले आर्जन गरेको ३ करोड ४४ लाख ७७ हजार मध्ये २ करोड १० लाख ७७ हजार रुपैयाँको मात्रै स्रोत खुलेकाले बाँकी भ्रष्टाचार गरेर आर्जन गरेको पाइएको अख्तियारले दायर गरेको रिटमा उल्लेख छ ।

यस्तै श्रेष्ठले गैरकानूनी सम्पत्ति श्रीमती जमुना तण्डुकार र नवलपरासी स्वाठीकी भगवती योगीको नाममा राखेको पाइएको समेत अख्तियारले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?