घट्यो हवाइ इन्धनको मूल्य, अब प्रतिलिटर ९४ रुपैयाँ ५० पैसा


काठमाडौं । नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी हवाइ इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँले घटाएको हो ।

हाल कायम रहेको प्रतिलिटर एक सय ४ रुपैयाँ ५० पैसालाई घटाएर अब ९४ रुपैयाँ ५० पैसामा समायोजन गरिएको निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए ।

हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिकतर्फको हवाई भाडा पनि केही कम हुने हुने निगमले बताएको छ । पछिल्ला केही पटक डिजल,पेट्रोल, मट्टीतेललगायतको भाउ घटे पनि हवाई इन्धनको मूल्य घटेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?