नेविसघंका ८ पदाधिकारीले दिए राजीनामा


काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का ८ पदाधिकारीले शुक्रबार सभापति शेरबहादुर देउवा समक्ष राजीनामापत्र बुझाएका छन् ।

अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै देउवालाई राजीनामा बुझाएका हुन् ।
राजीनामा बुझाउनेमा उपाध्यक्षहरु पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, अम्बिका चलाउने, प्रकाश घिमिरे र अच्युतराज कलौनी रहेका छन् ।

सभापति देउवालाई बुझाइएको राजीनामा पत्रमा सहमहामन्त्री चलाउनेको हस्ताक्षर भने छैन ।
महर नेतृत्वको वर्तमान कार्यसमितिले १२ औं महाधिवेशन गर्न नसक्ने देखिएपछि आफूहरुले संगठनलाई निकास दिन पदबाट राजीनामा दिएको उपाध्यक्ष शाहीले जानकारी गराएका छन् ।
दोस्रो पटक म्याद थप भएपछि पुस २८–३० सम्म काठमाडौंमा महाधिवेशन गर्ने नेविसंघले निर्णय गरेको थियो ।

महाधिवेशन घोषणा गरेको मिति आइसक्दा पनि नेविसंघले मात्र १४ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । दुई जिल्लामा अधिवेशनको उद्घाटन सम्पन्न भए पनि आन्तरिक विवादका कारण नेतृत्व चयन हुन सकेको छैन । महर नेतृत्वको कार्यसमितिको समयावधि आउँदो माघ २ गते सकिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?