जनप्रतिनिधिकै घरमा छाउगोठः भन्छन्, महिनावारी भएका महिला घरभित्र छिरे देउता रिसाउँछन्


सुर्खेत – चौकुने गाउँपालिका–६ भावरका टोपबहादुर बयक गाउँपालिका सचिव हुन् । उनकै घरमा छाउगोठ महिनावारी भएका महिला बस्ने घर छ ।

सरकारले जनप्रतिनिधि र कर्मचारीका घरमा छाउगोठ भेटिए सरकारी सेवा – सुविधा रोक्का गर्ने निर्णय गरेको बयकलाई जानकारी नभएको भने होइन । ‘घरमा बुवा धामी हुनुहुन्छ , महिनावारी भएका महिलालाई घरभित्र राखे देउता रिसाउँछन् भन्नुहुन्छ, ’ बयकले भने, आफू मान्दिनँ तर घरकालाई सम्झाउन सकिँदो रहेनछ ।’

पञ्चपुरी नगरपालिका–१० का वेदराज भण्डारी निर्वाचित वडा सदस्य हुन् । सामाजिक विकृति र कुरीति अन्त्य गर्ने अभियानमा लाग्नुपर्ने भण्डारीकै घरमा छाउगोठ छ ।

नागरिक दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?