सुदूरपश्चिमका प्रदेश प्रमुख नै कालो सूचीमा


काठमाडौं । सुदूरपश्चिमका प्रदेश प्रमुख गर्भनर मोहनराज मल्ल २८ वर्षदेखि कालोसूचीका ऋणी भएको खुल्न आएको छ । मल्लले तीन दशकअघि लिएको ऋण नतिरेपछि २०४७ सालदेखि कालोसूचीमा राखिएको नेपाल बैंकले जनाएको छ ।

मल्ल उनका भाइ मदनबहादुर लगायत मल्लको समूहले २०४१ र ०४२ सालमा नेपाल बैंकबाट ९८ लाख ५३ हजार ऋण लिएका थिए । ऋण लिएको तीन वर्षपछिबाट यो समूहले साँवाब्याज केही पनि भुक्तानी नगरेपछि २०४७ कात्तिक ३० देखि कालोसूचीमा राखिएको हो ।
कान्तिपुरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?