वाइडबडी विमान खरिदमा हवाई माफियाको साँठगाँठ : नयाँ शक्ति


काठमाडौं । नयाँ शक्ति पार्टीले वाइडबडी विमान खरिदमा हवाई माफियाको साँठगाँठमा सरकारले दिने जमानतको गलत उपयोग गरी विमान खरिद गरिएको र त्यसमा ठूलो अनियमितता तथा भ्रष्टाचार भएको दाबी गरेको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर पार्टीले वाइडबडी विमान खरिद प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय संसदीय छानबिन आवश्यक रहेको बताएको छ । यसका लागि सरकारलाई दबाब दिन सदन र सडक संघर्षमा उत्रिन आह्वान समेत गरेको छ ।

पत्रकार सम्मेलनमा वायुसेवा निगम तथा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई पनि डुबाउने प्रपञ्च रचिएको पार्टीको भनाइ छ ।

१० बुँदामा आफ्ना धारणा सार्वजनिक गर्दै नयाँ शक्तिले कर्मचारीलाई मात्र बलिको बोका बनाएर राजनीतिक नेताहरु उम्किन खोजेको आरोप लगाएको छ ।

यस्तो छ १० बुँदे धारणा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?