२१ औँ भूकम्प सुरक्षा दिवस मनाइँदै


काठमाडौं । २१ औँ भूकम्प सुरक्षा दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । वि.स १९९० को महाभूकम्प र त्यसबाट पुगेको जनधनको क्षतिको स्मरण गर्दै २०५५ सालदेखि यो दिवस मनाउन थालिएको हो ।

भूकम्पका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न जनचेतना फैलाउने र सुरक्षाका उपाय अवलम्बन गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।

दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । भुकम्पीय जोखिम न्युनिकरणको क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन् । नेपाल भारत र तिब्बतलाई असर पार्ने गरी आजैका दिन गएको ८ रेक्टर स्केलको उक्त भूकम्पले विक्रम सम्वत १९९० मा करिब आठ हजार नेपालीको ज्यान लिएको थियो ।

नेपाल हरेक ८० देखि एक सय वर्षको अन्तरालमा ६ देखि ८ रेक्टरस्केल सम्मका भूकम्प जाने गरेको भूगर्वविदले बताउँदै आएका छन् । २०७२ बैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पको प्रभाव अझै पनि झेलिरहँदा आज भूकम्प सुरक्षा दिवस मनाउन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?