विदेशमा लुकाइराखेको सम्पत्ती छानबिन गर्न अध्यक्ष थापाको माग


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गैरकानूनी रुपमा नेपालीहरुले विदेशमा लुकाइरहेको सम्पत्ती सरकार र सम्बद्ध निकायले छानबिन गर्न आग्रह गरेको छन् ।

सामाजिक सञ्जालमा ट्वीटरमार्फत थापाले शंकास्पद व्यक्ति र संस्थाको बैक खाता तत्काल रोक्न समेत आग्रह गरेका छन् ।

५५ जना नेपालीले विदेशमा करिब ५४ अर्व रुपैयाँ गैर कानुनीरूपमा लुकाई छिपाइ राखेको समाचार सार्वजनिक भएसँगै थापाले यस्तो माग गरेको हुन् ।

अवैध सम्पत्ति जफत गर्न र संलग्नलाई कारबाही गर्न वर्तमान सरकार र संसदले पनि सशक्त कदम उठाउनुपर्ने माग गरेका छन् । थापाले भनेका छन्, ‘अवैध सम्पत्ति जफत गर्न र अपराधीलाई कारवाही गर्न प्रम केपी शर्मा ओलीले दह्रो कदम चाल्ने आशा गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?