विधान परिमार्जन गर्दै नेकपा, प्रस्तावनामा रणनीतिक लक्ष्य साम्यवाद लेखिँदै


काठमाडौँ – एकीकरणको बाँकी काम सक्ने कार्यदिशा पाएको नेकपाको ९ सदस्यीय कार्यदलमा पार्टी विधानसमेत परिमार्जन गर्ने सहमति भएको छ । विधानको प्रस्तावनामा पार्टीको रणनीतिक लक्ष्य साम्यवाद लेख्ने सहमति भएको हो ।

यसअघि अधिकतम कार्यक्रम वैज्ञानिक समाजवाद लेखिएकोमा अब वैज्ञानिक समाजवाद हुँदै साम्यवाद लेख्ने सहमति भएको छ । स्थायी समितिको अघिल्लो बैठकमा प्रस्तावनाबाट साम्यवाद हटाइएको भन्दै विरोध भएपछि कार्यदललाई स्थायी समितिले विधानको कतिपय त्रुटि सच्याउने कार्यदिशा दिएको थियो ।

नयाँ पत्रिका दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?