संघको कार्यकाल बढाइएकोप्रति असन्तुष्ट जनाउँदै धर्ना


काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समर्थक नेविसंघका कार्यकर्ताले संघको कार्यकाल बढाइएकोप्रति असन्तुष्ट जनाएका छन् ।

उनीहरुले बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा धर्ना दिएका छन् ।  यसअघि वर्तमान कार्यसमितिको समयावधि बुधबार सकिएको थियो ।

उक्त कार्यसमितिको समयावधि तेस्रो पटक एक साता बढाइएको थियो । वर्तमान कार्यसमितिले १२ औं महाधिवेशन गर्नै नसक्ने भन्दै पौडेल पक्षले तदर्थ समितिमा जोड दिएको छ ।

पौडेल नजिक रहेका नेविसंघका ४५ केन्द्रीय सदस्यले गत साता राजीनामा बुझाएका थिए । त्यसअघि सभापति देउवा पक्षका ७ विद्यार्थी नेताले राजीनामा बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?