सुख्खा बन्दरगाहको विरोधमा प्रदर्शन


काठमाडौं । काठमाडौंस्थित चोभारमा निर्माण हुन लागेको सुख्खा बन्दरगाहको विरोधमा स्थानीयले प्रदर्शन गरेका छन् ।
पहिले हिमाल सिमेन्ट रहेको स्थानमा सुख्खा बन्दरगाह निर्माण उपयुक्त नहुने भन्दै स्थानीयले असन्तुष्ट जनाएका छन् ।

स्थानीयले सिमेन्ट कारखानाले पुर्‍याएको क्षतिपूर्ति पाउनुपर्ने, कारखानाको जग्गा स्थानीयलाई फिर्ता गर्नुपर्ने लगायतका मागहरु राख्दै आएका छन् ।

यसैबीच बिहीबार प्रधानमन्त्री केपी ओलीले शिलन्यास गर्न लागेको कार्यक्रममा अवरोध गर्न खोजेको भन्दै ३० भन्दा बढी स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विश्व बैंकको १ अर्ब २८ करोड रुपैयाँ सहयोगमा बन्दरगाह निर्माण गर्न लागिएको हो । १८ महिनाभित्र बन्दरगाह तयार गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?