समायोजन हुन फारम नभर्ने कर्मचारीको अध्ययन शुरु


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजनका लागि फारम नभर्ने कर्मचारीको आजबाट अध्ययन शुरु गरेको छ ।

समायोजनमा नआउनेको एकिन संख्या, त्यसको कारणलगायतको अध्ययन शुरु गरिएको हो ।

संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन बुधबार राति १२ बजेसम्म झण्डै ७५ हजार कर्मचारीले अनलाइनमार्फत फाराम भरेका छन् ।

अझै १० हजार जति कर्मचारीले फाराम नभरेको मन्त्रालयका सहसचिव केदारप्रसाद पनेरुले जानकारी दिए ।

यस्तै ५ हजार भन्दा बढीले फाराम भरे पनि कुन तहमा जाने भनेर रोजेका छैनन् । सबैभन्दा धेरै कर्मचारीले स्थानीय तहमा समायोजन हुन फारम भरेका छन् ।

तीन लाख ४५ हजार २ सय २५ जनाले स्थानीय तह, ५८ हजार ६ सय २३ जनाले प्रदेश र ४६ हजार २ सय ७० जनाले संघमा समायोजन हुन फारम भरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?