डा. केसीको समर्थनमा प्रदर्शन(फोटो फिचर)


काठमाडौं । अनसनरत डा. गोविन्द केसीको माग सम्बोधन गर्न माग गर्दै शनिबार काठमाडौंमा प्रदर्शन गरिएको छ ।

सोलिडारिटी फर डा. केसी अलायन्स’ को अगुवाईमा सरकारलाई दबाब दिन काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको हो ।

माइतीघरबाट शुरु भएको र्‍याली नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
प्रदर्शनका क्रममा उनीहरुले ‘डा. केसी एक्लो छैन हामी तिम्रो साथ छौं’, चरेसको थालमा मार्सिको भात, कहाँ गयो तिम्रो समाजवाद’ लगायत सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

प्रदर्शनका क्रममा केसी समर्थक चिकित्सक, राजनीतिकर्मी, अधिकारकर्मीलगायतको सहभागिता रहेको थियो ।

तस्बिरमा हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?