ज्ञवालीको ‘बोकाको मन’ सार्वजनिक


काठमाडौं । साहित्यकार काशिनाथ ज्ञवालीको व्यंज्ञात्मक निबन्ध संग्रह ‘बोकाको मन’ सार्वजनिक भएको छ ।

२४ निबन्धहरु संग्रहित पुस्तक ‘बोकाको मन’ को विमोचन शनिबार एक समारोहकाबीच परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेका हुन् ।

विमोचन कार्यक्रममा निलाम्बर आचार्य, ज्ञाननिष्ठ ज्ञवाली, लक्ष्मण गाम्नागे, युवराज घिमिरेलगायत विभिन्न साहित्यिक व्यक्तित्वको सहभागिता थियो ।

भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित ‘बोकाको मन’ पुस्तकमा नेपालको वर्तमान राजनीतिक तथा सामाजिक अवस्थामाथि व्यंज्ञात्मक प्रहार गरिएको छ ।

यसअघि उनका ‘रक्सी’ महाकाव्य (२०५१), ‘दुर्भाग्य’ महाकाव्य (२०६४) र अन्य फुटकर लेख रचनाहरु प्रकाशित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?