विस्फोटमा मृत्यु हुनेको संख्या ७१ पुग्यो


मेक्सिको । मेक्सिकोमा तेलको पाइपलाइनमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या ७१ पुगेको छ भने ७० जनाभन्दा बढी घाइते भएका छन् ।

मध्यमेक्सिकोस्थित ईडाल्गो राज्यमा रहेको एउटा तेल प्रशोधन केन्द्रनजिकै शुक्रबार राति विस्फोट भएको हो ।

पाइपलाइनमा चुहिएको तेल संकलन गरिरहेको समयमा विस्फोट भएकाले धेरै मानिसको मृत्यु भएको हो ।

घटनापछि राष्ट्रपति एन्ड्रेस म्यानवेल लोपेश ओर्बयाडोरले तेल चोरी रोक्नका लागि प्रयासहरू बढाइने प्रतिबद्धता जनाएका छन् ।

सरकारी स्वामित्वको प्रेमेक्स पेट्रोलियम कम्पनीले पाइपलाइनबाट अवैध रूपमा तेल निकाल्दा आगलागी भएको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?