तोलामा एक सय रुपैयाँ बढ्यो सुन


काठमाडौं । सुनको भाउ सोमबार तोलामा एक सय रुपैयाँले बढेको छ । सुनको भाउ तोलामा ६० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन तोलामा ६० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै सोमबार तेजाबी सुन तोलमा ६० हजार ६ सयमा कारोबार भइरहेको छ ।

चाँदी तोलामा ७ सय ५५ मा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?