दक्षिण कोरियाको आर्थिक वृद्धिदर ६ वर्ष यताकै न्यून


सियोल । दक्षिण कोरियाको आर्थिक वृद्धिदर ६ वर्ष यताकै न्यून देखिएको छ ।

एसियाकै चौथो ठूलो अर्थतन्त्रको रुपमा रहेको दक्षिण कोरियाको आर्थिक वृद्धिदर सन् २०१८ मा बैंक अफ कोरियाले जनाए अनुसार २.७ प्रतिशत रहेको छ ।

सन् २०१२ मा आर्थिक वृद्धिदर २.३ प्रतिशत थियो । त्यस्तै सन् २०१७ मा कोरियाको आर्थिक वृद्धिदर ३.१ प्रतिशत थियो । २०१८ को आर्थिक वृद्धिदर सन् २०१२ यताकै कम वृद्धि हो ।

केन्द्रीय बैंकले जारी गरेको मुलुकको पछिल्लो वित्तीय विवरणमा गत वर्ष प्रतिव्यक्ति आयमा अघिल्लो वर्षको तुलनामा सुधार भई ३१ हजार अमेरिकी डलर पुगेको उल्लेख छ ।

सन् २०१७ मा प्रतिव्यक्ति आय २९ हजार ७४५ डलर थियो ।
कोरियाको निर्माण र लगानीमा शिथिलता आएको यो तथ्यांकले देखाउँछ ।
सन् २०१८ मा निजी उपभोग, सरकारी खर्च र निर्यातमा वृद्धि भएको छ ।

उपभोगमा सात वर्षयता सबैभन्दा बढी अर्थात् २.८ प्रतिशतले वृद्धि भएको छ । सरकारी खर्चमा पनि ५.६ प्रतिशत वृद्धि भएको छ । सन् २००७ यता सरकारी खर्चमा लगातार वृद्धि भइरहेको छ ।

इन्धनको मूल्यमा वृद्धि भएका कारण दक्षिण कोरियाको आर्थिक वृद्धिदर सन् २००८ यताकै यो सबैभन्दा कमजोर वृद्धि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?