इन्जिनियर र सव–इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको शुद्धोधन गाउँपालिका(साविक सौ–फर्साटिकर गाविस) का प्राविधिक शाखामा कार्यरत दई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले इन्जिनियर कपिल अर्याल र सव–इन्जिनियर लक्ष्मण ढुंगानाविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनीहरुलाई भवनको नक्सा पास तथा अभिलेखीकरण गरिदिए वापत सेवाग्राहीबाट ८० हजार रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?