टुटलको आवरणमा भ्याट असुली


काठमाडौं – टुटलका नाममा मोटरसाइकलमा यात्रु बोक्ने सेवा व्यापार गरिरहेको हाइपर लुक्स नेपालले मूल्य अभिवृद्धि कर ९भ्याट० मा दर्ता नभई सेवाग्राहीबाट भ्याट असुली गरेको खुलेको छ ।

मुलुकको कानुनअनुसार कुनै पनि कम्पनी वा संघसंस्था भ्याटमा दर्ता भएर आधिकारिक नम्बर नलिएसम्म भ्याट असुली गर्न पाइँदैन । तर हाइपरले भ्याटमा दर्ता नभई मोटरसाइकलको सेवा लिने यात्रुबाट कुल भाडामा १३ प्रतिशत भ्याट जोडेर रकम लिँदै आएको छ । नागरिकलाई हाइपरले भ्याट लिएको आधिकारिक बिल प्राप्त भएको छ ।

हाइपरले भ्याटमा दर्ता नभई झन्डै १९ महिना मोटरसाइकलको सेवा लिने सेवाग्राहीबाट भ्याट उठाएको छ । उसले सन् २०१७ जनवरीदेखि २०१८ जुलाईसम्म भ्याट उठाएको थियो । उक्त कम्पनीले १९ महिनामा भ्याट कति असुली गरेको छ भन्ने तथ्यांक भने फेला परेको छैन । यसको कारोबार हेर्दा कम्पनीले १९ महिनामा करोडौं भ्याट असुली गरेको देखिन्छ ।

नागरिक दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?