डा. केसीको मागप्रति सरकार गैरजिम्मेवार बनेको भन्दै चिकित्सकद्वारा धर्ना


काठमाडौं । सरकारी अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरुले डा. गोविन्द केसीको जीवन रक्षामा सरकार गैरजिम्मेवार रहेको र सत्याग्रह दमनमा लगेको भन्दै सेवा बहिष्कारको घोषणा गरेका छन् ।

उनीहरुले बुधबार २ घण्टा ओपिडी छाडेर अस्पताल अगाडि धर्ना तथा विरोध प्रदर्शन गरेका छन् । भोली पनि भर्ना तथा विरोध गर्ने र सरकारलाई ज्ञापनपत्र बुझाउने, ध्यानाकर्षण गराउने र त्यति हुँदा पनि जीवन रक्षाका लागि ठोस पहल नभए ११ माघदेखि पूर्णरुपमा ओपिडी सेवा छाड्ने बताएका छन् ।

संयुक्त विज्ञप्ति निकाले ओपिडी बहिष्कार घोषणा गर्नेमा त्रिवि शिक्षण अस्पताल, धरान र वीरका आकस्मिकबाहेकका सेवामा आवासीय चिकित्सक छन् । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुको संस्था राष्ट्रिय आवासीय चिकित्स्क संघ, रेजिडेन्ट डक्टर्स एसोसिएसन अफ न्याम्स, वीर अस्पताल र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतका चिकित्सकहरुको संस्था जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीले संयुक्ती रुपमा विज्ञप्ति जारी गरेर यस्तो घोषणा गरेका हुन् ।

शान्तिपूर्ण तरीकाले कालोपट्टी बाँधेर सांकेतिकविरोध जनाउँदा नभएपछि दोस्रो चरणमा ओपिडी बहिष्कार गर्नुपरेको भनाइ चिकित्सकहरुको छ ।
विज्ञप्तिमा डा.गोविन्द केसीको अनशनको १४औं दिन वितिसक्दा पनि सरकार र सरोकारवालाको मौनताप्रति स्तब्ध र मर्माहित भएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?