सुमार्गीको विवादित रकम फर्काउन राष्ट्र बैंक माैन


काठमाडौं – व्यापारी अजेयराज सुमार्गीको शंकास्पद विदेशी लगानी रकम फित्र्याउन सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनमा राष्ट्र बैंकले उनको खाता रोक्का नगरी पत्राचारको काम मात्र गरिरहेको छ ।

पछिल्लो पटक राष्ट्र बैंकले मंगलबार इन्भेस्टमेन्ट बैंकबाट रकम सारिएको तीन बैंकहरुलाई पत्राचार गरेको छ । रकम भने ती बैंकबाट पनि अन्तै सारिसकेको छ आशंका राष्ट्र बैंकका अधिकारीहरुको रहेको छ ।

यसका बारेमा बुझ्न खोज्दा गभर्नर चिरञ्जीवी नेपाल र राष्ट्र बैंकका अन्य अधिकारीहरुले प्रतिक्रिय दिन मानेनन् ।

आजको कान्तिपुरबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?