चिकित्सा शिक्षा विधेयक पारित हुनु चिकित्सा शिक्षाको क्षेत्रमा ऐतिहासिक फड्को : भट्टराई


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयक पारित भएसँगै अब नेपालमा गुणस्तरीय चिकित्सक उत्पादनका साथै विपन्न वर्गका विद्यार्थीलाई पनि चिकित्सा शिक्षा अध्ययनका लागि बाटो खुलेको बताएका छन् ।

संसद बैठक पछि बाहिरिने क्रममा  प्रतिक्रिया दिँदै उनले चिकित्सा शिक्षा विधेयक पारित हुनु चिकित्सा शिक्षाको क्षेत्रमा ऐतिहासिक फड्को भएको बताए ।

नेता भट्टराईले आमरण अनसनमा बसेका डा.गोविन्द केसीलाई अनसन तोडेर उत्सव मनाउन समेत आग्रह गरेका छन् ।

उनले भने, ‘डा.केसीले उठाउनुभएको सबै विषयलाई विधेयले समेटेको छ । अब डा.केसीले चिकित्सा शिक्षाको विषय लिएर कहिल्यै पनि यस्तो कठिन संघर्ष गर्न पर्दैन ।’

नेता भट्टराईले डा. केसीको नाम उचालेर राजनीति गर्ने दिन सकिएको भन्दै सदनबाट पारित भएको विधेयक कार्यान्वयनको दिशामा अघि बढ्न सबैलाई आग्रह समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?