चट्याङ लागेर युवतीको मृत्यु


तनहुँ । तनहुँमा चट्याङ लागेर एक युवतीको मृत्यु भएको छ ।

शुक्रबार राति परेको चट्याङले ऋषिङ गाउँपालिका १, काँहुशिवपुर सेट्टाङ घर भई ऋषिङ गाउँपालिका २ लामाश्वारा माइत गएकी २० वर्षीय मिनामाया थापाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मोबाइल चार्जमा राखेर भिडियो हेर्ने क्रममा चट्याङ पर्दा घाइते भएकी मिनामायालाई उपचारका क्रममा दमौली अस्पताल ल्याइएको थियो । उनलाई अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन् ।

मृतक थापाको शव दमौली अस्पतालको शवगृहमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?