अस्पताल परिसरमा प्रदर्शन नगर्न अपिल


काठमाडौं । त्रिवि शिक्षण अस्पताल प्रशासनले अस्पताल परिसरमा कुनै पनि अनसन, रिले अनसन र प्रदर्शन नगर्न अपिल गरेको छ ।
अस्पतालले सोमबार एक विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेको हो ।

नेपाल चिकित्सक संघले डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकार उदासिन बनेको र केसीको जीवन रक्षाको माग अस्पताल परिसरमा रिले अनसनको घोषणा गरेको थियो ।

घोषणा लगत्तै अस्पताल प्रशासनले संघको सो कार्यप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.प्रेमकृष्ण खड्गीद्वारा जारी विज्ञिप्तमा भनिएको छ, ‘त्रिवि शिक्षण अस्पतालजस्तो सर्वसाधारणको पहुँचमा रहेको अस्पताल जस्तो सर्वसधारणको पहुँचमा रहेको अस्पतालमा कुनै पनि धर्ना, विरोध, बन्द हड्तालका कार्यक्रम नराखिदिनुहुन र देशको नियम ऐन नियम एवम् चिकित्सकीय नैतिक दायित्व अनुरुप सदाझै नियमित स्वास्थ्योचिारको सेवा प्रदान गर्ने पुनित कार्यमा सहयोग गरिदिनुहनु सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?