चीनले नेपाललाई हस्तान्तरण गर्‍याे कोटेश्वर–कलंकी सडक


काठमाडौं । काठमाडौं चक्रपथको कोटेश्वर–कलंकी खण्ड चीनले नेपाललाई हस्तान्तरण गरेको छ ।  प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा सडक खण्ड हस्तान्तरण गरिएको हो ।

पाँच वर्ष लगाएर विस्तार गरिएको चक्रपथको एउटा खण्ड हस्तान्तरण गरिएको हो । चीन सरकारको अनुदान सहयोगमा चक्रपथको यो खण्ड विस्तार भएको हो ।

चीनले सडक हस्तान्तरण गरेलगत्तै प्रधानमन्त्री ओलीले त्यस सडक खण्डको उद्घाटन गरेका छन् ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले सडक विस्तार गरी हस्तान्तरण गरेकोमा चीन सरकारप्रति आभार व्यक्त गरेका थिए । चीनले नेपालको

पूर्वाधार, शिक्षा, स्वास्थ्य, उद्योग, सडक निर्माणको क्षेत्रमा विगतदेखि नै पुर्‍याउँदै आएको सहयोगको पनि त्यस अवसरमा प्रधानमन्त्री ओलीले खुलेर प्रशंसा गरेका थिए ।

ओलीले हिमाल, पहाड र नदीबाट शुरु भएको चीनसँगको सम्बन्ध समस्यासहित रहेको पनि बताए ।
सो अवसरमा नेपालका लागि चिनिया राजदुत यान्छीले नेपालको विकासमा आवश्यक सबै खालको सहयोग गर्न चीन सरकार प्रतिबद्ध रहेको बताए ।

चक्रपथको कुल लम्बाइ २७ किलोमिटर छ । त्यसमध्ये पहिलो चरणमा १० दशमलव ३९ किलोमिटरको कोटेश्वर–कलंकी खण्ड विस्तारको काम सकिएको हो ।

आयोजनाले कोटेश्वर, बागडोल र ग्वार्कोमा आकाशे पुल निर्माण गरेको छ । सडक विस्तारको काम सकिएलगत्तै यो सडक खण्ड आधुनिक स्वरुपमा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?