जनताको नैसर्गिक अधिकार पासपोर्टमा समेत सरकारले अंकुश लगाउँदै


काठमाडौँ – नागरिकको नैसर्गिक अधिकार मानिने पासपोर्ट (राहदानी) मा समेत सरकारले अब अंकुश लगाउने भएको छ । सरकारले पासपोर्ट माग्न जानेलाई ‘जारी नगरिने’ सूचीमा पारेर कस्न लागेको हो ।

संघीय प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पुगेको ‘राहदानीसम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक’ मा पासपोर्ट जारी नगरिने नकारात्मक सूची तयार पारिएको छ ।

विधेयकको दफा १२ को उपदफा (१) को (क) देखि (ज) सम्मको सूचीलाई जहिल्यै दुरुपयोग गर्न सकिने खतरा छ ।

दफा १२ को उपदफा १ (क) मा व्यवस्थति गैरनेपाली नागरिकलाई राहदानी जारी नगरिने प्रावधान स्वाभाविक भए पनि अन्य प्रावधानमा दुरुपयोग हुन सक्ने सम्भावना रहेको जानकारहरु औंल्याउँछन् ।

 नागरिक दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?