पाइलटले जहाजमा धुम्रपान गरेका कारण युएस-बंगला दुर्घटनाः रिपोर्ट


काठमाडौंः (एएनआई) युएस बंगला एयरलाइन्सको युबीजी–२११ अघिल्लो वर्षको मार्चमा काठमाडौंमा दुघर्टनाग्रस्त भएको थियो । उक्त जहाजका पाइलटले जहाजको ककपिटमा धुम्रपान गरेको आयोगको रिपोर्टमा बताइएको छ । जबकी पाइटललाई ककपिटमा धुम्रपान गर्न अनुमति छैन यो प्रतिबन्धित कुरा थियो । दुघर्टना जाँचबुझ गर्न बनेको आयोगका अधिकारीहरुले यो खबरलाई आइतबार पुष्टि गरेका छन् ।
कम्पनीका अनुसार घरेलु उडान तथा अन्तर्राष्ट्रिय उडानमा धुम्रपान मनाही गरिएको हुन्छ । तर पाइटल इन कमाण्डमा रहेका पाइलट नै धुम्रपानका शौखिन भएको सूचना आयोगलाई प्राप्त भएको छ । आयोगले यसको बारेमा ककपिट भ्वाइस रेकर्डरको अवस्था कस्तो थियो भन्ने बारेमा जानकारी लिएको छ र उडानमा रहेको बेलामा पाइलटले त्यस्तो धुम्रपान गरेको बारेमा उड्यन विभागका अधिकारीहरुले भने पुष्टि गर्न अस्वीकार गरेका छन् । जहाज दुघर्टनापछि बनेको अनुसन्धान आयोगले भ्वाइस रेकर्डरको जाँचबुझपछि यस्तो निष्कर्ष निकालेको बताइएको छ ।
रिपोर्टले जहाज उडान रहेको बेलामा टोबाको प्रयोग भएको पुष्टि गरेको छ । दुघर्टना छानविन आयोगले दुघर्टनाको कारण क्रयू सदस्यहरुमा यस प्रकारको ओरिएन्टेसन नभएको दावी गरेको छ । दुर्घटनामा ५१ जनाको मृत्यु भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त जहाज दुर्घटना भएपछि पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले नागरिक जाँचबुझ आयोग बनाएको थियो ।
रिपोर्टमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टावरलाई पनि दोषी देखाइएको छ भने ककपिट भ्वाइस रेकर्डले क्रयू मेम्बर र ट्राफिक कन्टोलबीच केही कन्फुजन देखिएको बताइएको छ । मार्चमा भएको त्यो दुघर्टनामा ५ क्रयू सदस्य सहित ४५ जनाको मृत्यु थियो भने केही मानिस बाँच्न सफल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?