टिप्परको ठक्करबाट बालिकाको मृत्यु, स्थानीयद्वारा आधा दर्जन टिप्परमा तोडफोड


मोरङ । मोरङमा टिप्परको ठक्करबाट एक बालिकाको ज्यान गएपछि स्थानीयले आज प्रदर्शन गरेका छन् ।

सोमबार बिहान विराटचौकबाट– विराटनगरतर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिप्परले ठक्कर दिँदा सुन्दरहरैंचा ९ की ११ वर्षीय बालिका लक्ष्मी ढकालको मृत्यु भएको थियो ।

तीव्र गतिमा रहेको टिप्परले बाटो काट्दै गरेकी बालिकालाई ठक्कर दिएको हो । ठक्करबाट बालिकाको घटनास्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

ठक्कर दिएर भाग्दै गरेको टिप्पर बेलेपुर चोक नजिकै सडक छेउको रुखमा ठोक्किएको थियो ।

स्थानीयले टिप्परमा आगो लगाएका छन् । दुर्घटनापछि स्थानीयबासिन्दाले सडकमा गुडिरहेका अन्य आधा दर्जन टिप्परमा पनि तोडफोड र आगजनी गरेका छन् ।

दुर्घटना लगत्तै विराटचोक –विराटनगर सडक खण्डको बेलेपुर र सिसौघारीमा स्थानीय बासिन्दाले नाराजुलुस प्रदर्शन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?