कागजमा पोको पारेर ५० रुपैयाँ घुस लिन्छन कर्मचारी


काठमाडौं । एक युवकले कागजको चिर्कटोभित्र ५० रुपैयाँ पोको पारे । यताउता हेरे अनि कर्मचारीको हातमा थमाइदिए ।

कर्मचारीले हतारहतार गोजीमा पैसा हाले । कालो ज्याकेट लगाएको ती कर्मचारी पैसा लिएपछि कागजपत्र मिलाउन थाले । पैसा दिने युवक कार्यालयको पछिल्तिरको झ्यालमा गएर उभिय।

आइतबार दिउँसो १ः१६ बजे । ललितपुर, नापी कार्यालयको प्राविधिक फाँट अन्तरगत कोठा नम्बर ५ को दृष्य हो यो ।

दिउँसो १ः३५ बजे । मालपोत कार्यालको प्रतीक्षलयमा ३ जान गफिइरहेका थिए । एक युवकले भने, ‘तपाईसँग कामका लागि ४ हजार लाग्छ ।’ जग्गा नामसारी गर्न आएका ती सेवाग्राहीले भने, ‘त्यत्रो पैसा त दिन सकिन्नँ ।

अलि मिलाएर गर्नुस न ।’ ती युवकले भने कर्मचारीदेखि सबैलाई मिलाएर काम गराउनु पर्छ । ४ हजार त लागिहाल्छ दाइ । झण्डै १५ मिनेटको गलफत्तीपछि उनीहरुले तीन हजारमा कुरा मिलाए ।

अन्नपूर्णपोष्टबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?