गाडी खरिद प्रकरणमा अख्तियारले नै छानबिन सुरु गर्ने


रुपन्देही । प्रदेश नम्बर ५ प्रदेशसभाले खरिद गरेको गाडीको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन थालेको छ ।
सार्वजनिक लेखा समितिको उपसमितिमार्फत छानबिन गरिरहेको बेला अख्तियारले छानबिन खरिद भएको अनियमितताबारे छानबिन थालेको हो ।

प्रदेशसभाले खरिद गरेको टाटा स्ट्रोमा ११ र अन्य कम्पनीका १३ वटा गाडी खरिद भएको भनिएको अनियमितताबारे अख्यितारले छानबिन थालेको छ ।
टाटाको गाडी खरिदमा मन्त्रालय र प्रदेशसभाकै बीचमा ठुलो रकम अन्तर देखिएको छ । बजार मूल्यभन्दा महँगो भएको तथा खरिद प्रक्रियामा कमजोर भएको भनिएपछि अख्यिारले छानबिन सुरु गरेको जनाएको छ ।

नागरिक पत्रिकाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?