विमानस्थलका रेडियो अपरेटरविरुद्ध मुद्दा


काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयको रेडियो अपरेटर रहेका श्रेष्ठले १४ करोड रुपैयाँभन्दा  बढी अकूत सम्पत्ति कमाएको भन्दै मुद्दा दायर गरिएको हो । श्रेष्ठ २०७३ पुस २७ गतेदेखि निलम्बनमा परेका थिए ।

श्रेष्ठले सार्वजनिक सेवा प्रवेश गरेपश्चातको आयव्ययको विश्लेषण गर्दा सम्पत्ति कतैबाट पनि मेल नखाएको अख्तियारले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?