अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा


काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको रामपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ ।

फाउन्डेसन र भरतपुर महानगरबीच रंगशाला निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी सम्झौता भएको छ ।

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर– १६ को सो जग्गा कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको थियो ।

क्रिकेट रंगशाला बनाउने भएपछि भरतपुर महानगर हुँदै फाउन्डेसनलाई उपलब्ध गराएको हो ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नामकरण गरिएको रंगशालाको बुधबार राष्ट्रिय सभागृह काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा निर्माण घोषणा गरिएको हो ।

फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)ले महानगरपालिकाले उपलब्ध गराउने २० बिघा ६ कठ्ठा जग्गामा रंगशाला बन्ने बताए ।

रंगशालामा क्रिकेटसँगै अन्य विधाका खेलहरू पनि खेल्न सकिने गरी निर्माण गरिने उनको भनाइ छ ।

सो रंगशालालाई एकेडेमिका रूपमा विकास गरिने लक्ष्य राखिएको छ । कट्टेलकाअनुसार औपचारिक घोषणा र सम्झौतापछि स्वदेश र विदेशमा रहेका नेपालीसँग आर्थिक सहयोग जुटाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?