दुई तिहाईको सरकारले काम गर्न सकेन : थापा


पर्वत। नेपाली कांग्रेसका युवा नेता गगन थापाले अहिलेको दुई तिहाईको सरकारले काम गर्ने र परिणाम दिने बेला भएपनि विपक्षीको स्वर दबाउन र परम्परा भत्काउन केन्द्रीत भएको आरोप लगाएका छन् ।

पर्वतको दुर्लुङमा भएको कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले अहिलेको सरकारले कुनै पनि क्षेत्रमा काम गर्न नसकेको आरोप लगाए ।

उनले भने, ‘ठूलो परिवर्तनपछि बनेको दुई तिहाईको सरकार पूर्णरुपमा असफल भएको छ ।’  थापाले अहिले पनि नागरिकको सामाजिक सुरक्षा नै मुख्य चुनौती भएको बताए ।

आफू स्वास्थ्यमन्त्री हुँदा शुरु गरेको स्वास्थ्य बीमा र स्वास्थ्य नीति महत्वपूर्ण रहेको बताउँदै उनले हरेक नागरिकको करबाट उसलाई समस्या पर्दा सबै दायित्व राज्यले लिनुपर्नेमा थापाले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?