बन्दका कारण कञ्चनपुरको जनजीवन प्रभावित


कञ्चनपुर । कञ्चनपुरमा विद्यार्थी संगठनको बन्दका कारण जनजीवन प्रभावित भएको छ ।
सरकारी स्वामित्वमा रहेको जग्गामा बनेका अवैध संरचना भत्काउन माग गर्दै पटक–पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेको भन्दै विद्यार्थी संगठनहरुले बुधबारपनि जिल्ला बन्द गरेका हुन् ।

बन्दका कारण बिहानैदेखि भीमदत्तनगरबाट चल्ने छोटो तथा लामो दूरीका सवारीसाधन सञ्चालन हुनसकेका छैनन् । भीमदत्तनगर बजार, शैक्षिक संघसस्था, उद्योग कलकारखाना बन्द भएका छन् ।

महेन्द्रनगर नगर विकास समितिबाट भाडाका नाममा बजारको गुरुयोजना नै मिचेर सयौँ पक्की संरचना बनेपछि विद्यार्थी र युवा संग–संगठन त्यसको विरोधमा उत्रिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?