मेगा बैंक र सन नेपालबीच सम्झौता


काठमाडौं – मेगा बैंक नेपाल र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकको तर्फबाट बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र इन्स्योरेन्सको तर्फबाट कायममुकाम प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले सम्झौता पत्रमा हस्ताक्षर गरे

सम्झौतापछि मेगा बैंकका ग्राहाकहरुले सन नेपाल लाइफ इन्स्योरेन्सको जीवन बिमा पोलीसीहरु खरिद गर्न सक्नेछन् । मेगा बैंकका ग्राहकहरुले देशभरका १ सय २ शाखाबाट जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?