सरकारले डा.केसीको माग पुरा गर्नुपर्छ : पूर्व प्रधानन्यायाधीश कार्की


काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै २२ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीलाई भेट्न पूर्व प्रधान न्यायाधीश सुशीला कार्की त्रिवि शिक्षण अस्पताल पुगेकी छन् ।

डा. केसीका मागमा ऐक्यवद्धता जनाउन उनी अस्पताल पुगेकी हुन् ।  भेटमा कार्कीले केसीका माग जायज भएकाले पूरा हुनुपर्ने बताइन् ।

केसीका माग सरकारले पूरा गर्ने विश्वास पनि उनले लिइन् । उनले भनिन्, ‘सरकार किन उदासिन भइरहेको हो, अचम्म लागेको छ । सम्झौता गरेर पूरा नगर्दा दुःख लागेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?