नेपाल र यूएईबीचको टि–२० अन्तर्राष्ट्रिय सिरिज आज हुँदै


काठमाडौं । नेपाली क्रिकेट टिमले पहिलो टी–२० खेल आज खेल्दैछ । दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा नेपाल र युएईबीचको पहिलो खेल नेपाली समय अनुसार दिउँसो पौने तीन बजेबाट शुरु हुनेछ ।

नेपाल आज अर्को इतिहासको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज दुई एकले जितेकाले नेपाल टी ट्वान्टीमा पनि जित निकाल्ने प्रयत्नमा हुनेछ ।

युएईविरुटी ट्वान्टी विश्वकपमा प्रतिस्पर्धा गरिसकेको नेपालले अहिलेसम्म टी ट्वान्टी सिरिज जित्न सकेको छैन ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल पहिलोपटक यूएईसँग भिड्न लागेको हो । युएईसँगको सिरिज जितेमा नेपालले पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा आफ्नो नाममा लेखाउनेछ । नेपालले यसअघि एकदिवसीय सिरिज जितिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?